क्यानडा अधिबेशन बुद्धि प्रकाश वली र दिपक गिरीको ग्र्यान्ड डिजाइन
नेपाली जनसम्पर्क समिति क्यानडाको यही नोभम्बर ३०मा हुन गइरहेको अधिबेशन बुद्धि प्रकाश वली र दिपक गिरीको ग्र्यान्ड डिजाइन भएको पुस्टि ।
नेपाली जनसम्पर्क समिति क्यानडा त्यस्रो अधिबेशनको सँघारमा छ, क्यानडामा बुद्धी प्रकाश वलीलाइ २०१३ देखि अहिले सम्म आइ पुग्दा हजारौ कार्यकर्ताहरु अशन्तुस्ट छन। बिगत एक दशक देखि छल – छाम र अबैधानिक बाटोबाट संस्था कव्जा गर्दै आएको बुद्धि ओली र हेम पाण्डेको समुहले यसपटक पनि आफ्नो सम्पूर्ण बल प्रयोग गर्दै संस्था कब्जाको तानाबाना बुनिरहेको कुरा पार्टी कार्यालयबाट अनुमोदन गरेको क्रियासीलको लिस्ट हाल सम्म पनि सार्वजनिक नगर्नु र आउदो अधिबेशनमा सम्भवित नेतृत्वको आकांक्षी कार्यसमितिकै पदाधिकारी समेतले लिस्ट देख्न नपाउने जस्ता गतिविधिले थप छर्लंग पार्दछ। क्रियाशीलको लिस्ट कार्यसमितकै पधादिकारीले देख्न नपाउने सायद एक मात्र जनसम्पर्क समिति क्यानाडा होला भन्दै असन्तुष्टी प्रकट गर्छन समितिकै पधादिकारिहरु। जिल्ला सभापति र केन्द्रिय सभापति दुई कार्यकाल भन्दा दोहोर्याउन नपाउने प्रचलनरहेको पार्टीमा निज ओली भने किन चौथो पटक पनि दोहोरिन चाहन्छन ? भन्ने कुराले अनेकौ आशंका जन्माउछ।
नेपाली जनसम्पर्क समिति क्यानडा(NPCC)का निबर्तमान महामन्त्रि निरन्जन थापाले बिगत लामो समय अगाबै नेपाली जनसम्पर्क समिति समन्य बिभागलाइ बुझाएको नामावली आज सम्म पनि स्विक्रिति नभएकोमा गुनासो ब्यक्त गरेका छन। उनले अझै पनि बिपिको पथमा हिँड्ने इमान्दार नेताहरु पर्टीमा जीवितै रहेको भन्दै पार्टीका शिर्ष नेतागणहरुले हस्तक्षेपकारी भुमिका निर्वाहा गरी यो बेथितीको अन्तय गर्नेमा विश्वस्त रहेको बताउछन।
नेपाली जनसम्पर्क समिति(NPRC )का सभापति उदय दुराले एक्लौटी ढङ्गले हुँदै गरेको अधिबेशनलाई एकताको महाधिबेशनमा परिणत गर्न सम्पूर्ण सच्चा नेपाली काङ्ग्रेसका नेतागण र कार्यकर्ता माझ अपिल गरेका छन। हामीलाइ बेवास्ता गरी यदि बुद्धी प्रकाश वली एक्लौटी तरिकाले अघि बढ्न खोजे ठुलो दुर्घटना हुन सक्ने चेतावनी पनि दिय। उनिहरु माथि एकताको नाममा पटक पटक धोका भएको जिकीर गर्दै यसपटक भने आफुहरुलाइ केन्द्रले न्याय गर्नेमा बिश्वस्त देखिय। आफुहरुलाइ केन्द्रले न्याय गरेमा सम्पूर्ण कार्यकर्ताहरुलाई एक ढिक्का बनाइ सङठन निर्माणमा लाग्ने मा बिश्वस्त रहन आग्रह गरेका छन।
हो नेपाली जनसम्पर्क समिति क्यानडामा नाटकिय रूपमा यो अधिबेशन हुँदैछ र यसका निर्माता नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरी रहेको स्पश्ट देखिन्छ। अब हेरौं यो बेतिथी र समस्याको समाधन गर्न नेपाली काङ्ग्रेस कत्तिको सक्ष्यम रहनेछ।
November 29, 2021 12:04 am | राजनीति,समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री