नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कमा समस्या, प्रयोगकर्ता मर्कामा
साेलुखुम्बु – नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । दुई दिनदेखि टेलिकमको सोलुखुम्बु क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् ।
हिजाे बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे पनि आवाज नबुझिने लगायतका समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।
नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख महमद अकबर अलीले पत्ताले र ओखलढुङ्गाको बीचमा फाइबर तार चुँडिदा समस्या आएको बताउनुभएको छ । उहाँका अनुसार याे क्षेत्रको सडक मर्मतको क्रममा एक्स्काभेटरले टेलिकमको फाइबर चुडाउँदा नेटवर्कमा खराबी आएको हो ।
मर्मतका लागि नेपाल टेलिकम ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटिसकेकाले भोलि शुक्रवारसम्ममा समस्या समाधान हुने नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले जनाएको छ । उज्यालो
January 13, 2022 10:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा