४२ करोड रुपैयाँ रोयल्टी र नवीकरण शुल्क नतिर्ने ५ तारे होटल याक एण्ड यती बन्द गर्न सरकारको निर्देशन
काठमाण्डाै – सरकारले काठमाण्डाैमा रहेकाे हाेटल याक एण्ड यती बन्द गर्ने निर्देशन दिएकाे छ । हाेटलकाे नाममा सञ्चालित क्यासिनाेले ४२ कराेड रुपैयाँ राेयल्टी र नवीकरण शुल्क नतिरेपछि सरकारले हाेटल बन्द गर्न निर्देशन दिएकाे हाे ।
पटक पटक ताकेदा गर्दा पनि याक एण्ड यतीले राेयल्टी र नवीकरण शुल्क नबुझाएकाले आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गरिदिनुभएकाे हाे ।
आज मन्त्रिस्तरीय निर्णयले याक एण्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो ।
पर्यटन मन्त्री आलेले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुनअनुसार होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताउनुभयो ।
पर्यटन विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई यस होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई यस होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएकाे छ ।
क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा यसअघि पटक पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत होटललाई जानकारी गराइएको थियो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।