

मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ ।
वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् ।
पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभोग गरेपनि अहिले त्यो प्रणाली बिग्रेकाले पुरानो समस्या दोहोरिएको हो । पानी अभावमा अहिले आफूहरुले विभिन्न खालका समस्या भोग्न बाध्य भएको माले सल्लीकोट टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताउनुुभयो ।
पानीको संकट गहिरिँदै गएकाले एक गाग्री पानी लिएर घरमा आउँदा २ घण्टा लाग्ने गरेको स्थानीय गीता तिवारीको गुनासो छ । पानी नभएकै कारण माले सल्लीकोटका बासिन्दाले चर्पीसमेत प्रयोग गर्न सकेका छैनन् । घरमा चर्पी बनाए पनि प्रयोगमा ल्याउन नसकेको बागवीर वलीले बताउनुुभयो । खानेपानीकै समस्या भएको अवस्थामा सरसफाइका लागि थप पानी संकलन गर्न सम्भव नभएपछि आफूहरु खुला ठाउँमै दिसापिसाब गर्न बाध्य भएको अर्का स्थानीय दिलमाया पुनको भनाइ छ । उज्यालो
February 16, 2022 12:44 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

