मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य
दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ ।
वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् ।
पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभोग गरेपनि अहिले त्यो प्रणाली बिग्रेकाले पुरानो समस्या दोहोरिएको हो । पानी अभावमा अहिले आफूहरुले विभिन्न खालका समस्या भोग्न बाध्य भएको माले सल्लीकोट टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताउनुुभयो ।
पानीको संकट गहिरिँदै गएकाले एक गाग्री पानी लिएर घरमा आउँदा २ घण्टा लाग्ने गरेको स्थानीय गीता तिवारीको गुनासो छ । पानी नभएकै कारण माले सल्लीकोटका बासिन्दाले चर्पीसमेत प्रयोग गर्न सकेका छैनन् । घरमा चर्पी बनाए पनि प्रयोगमा ल्याउन नसकेको बागवीर वलीले बताउनुुभयो । खानेपानीकै समस्या भएको अवस्थामा सरसफाइका लागि थप पानी संकलन गर्न सम्भव नभएपछि आफूहरु खुला ठाउँमै दिसापिसाब गर्न बाध्य भएको अर्का स्थानीय दिलमाया पुनको भनाइ छ । उज्यालो
February 16, 2022 12:44 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता