

गठबन्धनकाे बैठक निष्कर्षविहीन, भाेलि बिहान फेरि बस्ने

काठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।
गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहाना ९ बजेका लागि बाेलाइएकाे माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएकाे छ ।
आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियाे । अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पास गर्न समय दिएकाले प्रधानमन्त्री देउवा तत्कालै संसदमा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । उज्यालो
February 17, 2022 8:09 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

