

निजी क्षेत्रद्वारा एमसीसी अनुमोदनको स्वागत, नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण उपलब्धि हुने दाबी

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा देशको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले आज साेमवार विज्ञप्ति निकालेर एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान मागसमेत गरेका छन् ।
उद्योग वाणिज्य महासङ्घले नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवम् प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने र एमसीसी अन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासङ्घले जनाएको छ ।
यस्तै उद्योग परिसङ्घले विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसी अन्तर्गतका आयोजनाले भूमिका खेल्ने दाबी गरेको छ । ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनबाट देशको आर्थिक विकास, रोजगारी सिर्जना र आमनागरिकको जीवनस्तर सुधार गर्नेतर्फ सबैको सोचको विकास हुनुपर्ने परिसङ्घको भनाइ छ । परियोजनाहरूको कार्यान्वयनसँगै प्राप्त हुने विदेशी विनिमय अहिले नेपालमा विदेशी मुद्रा सञ्चितिको न्यूनता पूर्तिका लागि समेत उपयोगी हुने परिसङ्घको विश्वास छ ।
यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले एमसीसीमार्फत बन्ने परियोजना ऊर्जा क्षेत्रको बहुप्रतिक्षित परियोजना भएको भन्दै ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने जनाएको छ । साथै यस परियोजनाले पूर्वाधार निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याएर देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने इप्पानको दाबी छ । उज्यालो
February 28, 2022 10:52 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

