युक्रेनकाे खेअरसन सहर कब्जा गरेकाे रुसकाे दाबी
रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको दक्षिणी सहर खेरअसन कब्जामा लिएको दाबी गरेको बीबीसीले जनाएको छ । यदि यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको युक्रेनको सहरमध्ये सबैभन्दा ठूलो सहर हुनेछ ।
यसअघि हिजो मङ्गलवार राति रुसी सैनिकहरू खेअरसनका सडकहरूमा देखिएका छन् । सहरका मेयरले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताउनुभएको थियो ।
युक्रेन र रुसबीचको युद्धको आज सातौँ दिन हो । रुसी आक्रमणले युक्रेनमा आतङ्क मच्चिएको छ । युक्रेनका केही क्षेत्रमा रुसको कब्जामा छ तर राजधानी किएभमा अझै पनि युक्रेनको नियन्त्रणमा रहेको छ ।
यी दुई देशका प्रतिनिधिमण्डलबीच भएको सोमवारको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको थियाे
रुसले युक्रेनमाथि आक्रमण रोक्नका लागि राखेको सर्त युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गर्नुभएको छ । त्यसपछि रुसले युक्रेनमा तीव्र रूपमा आक्रमण बढाएको छ ।
यसैबीच युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल आक्रमण भइरहेको बीबीसीले जनाएको छ । खार्किभमा रुसले गरेको आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको र एक सय १२ जना घाइते भएका छन् । तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणको प्रतिकार गरिएको दाबी गर्नुभएको छ । उज्यालो
March 2, 2022 5:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता