युक्रेनकाे खेअरसन सहर कब्जा गरेकाे रुसकाे दाबी
रुसको रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनको दक्षिणी सहर खेरअसन कब्जामा लिएको दाबी गरेको बीबीसीले जनाएको छ । यदि यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको युक्रेनको सहरमध्ये सबैभन्दा ठूलो सहर हुनेछ ।
यसअघि हिजो मङ्गलवार राति रुसी सैनिकहरू खेअरसनका सडकहरूमा देखिएका छन् । सहरका मेयरले रुसी सेनाले खेअरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताउनुभएको थियो ।
युक्रेन र रुसबीचको युद्धको आज सातौँ दिन हो । रुसी आक्रमणले युक्रेनमा आतङ्क मच्चिएको छ । युक्रेनका केही क्षेत्रमा रुसको कब्जामा छ तर राजधानी किएभमा अझै पनि युक्रेनको नियन्त्रणमा रहेको छ ।
यी दुई देशका प्रतिनिधिमण्डलबीच भएको सोमवारको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको थियाे
रुसले युक्रेनमाथि आक्रमण रोक्नका लागि राखेको सर्त युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गर्नुभएको छ । त्यसपछि रुसले युक्रेनमा तीव्र रूपमा आक्रमण बढाएको छ ।
यसैबीच युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल आक्रमण भइरहेको बीबीसीले जनाएको छ । खार्किभमा रुसले गरेको आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको र एक सय १२ जना घाइते भएका छन् । तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणको प्रतिकार गरिएको दाबी गर्नुभएको छ । उज्यालो
March 2, 2022 5:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव