‘पालिका र बस्ती, सशस्त्रको गस्ती’
डोटी – डोटीका ग्रामीण भेगमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । डोटीको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरी बलको ३६ नम्बर गण हेड क्वाटरले प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा २१ सदस्यीय टोली परिचालन गरिएको हो ।
‘पालिका र वस्ती, सशस्त्रको गस्ती’ नारा सहित दिपायलबाट गस्ती टोली परिचालन गरिएको गणले जनाएको छ । ग्रामीण क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति दिन र आगामी स्थानीय निर्वाचनको तयारीलाई लक्षित गरेर टोली परिचालन गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण दिपायलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले जानकारी दिनुभयो ।
गस्ती परिचालनपछि ग्रामीण क्षेत्रका जनतामा सुरक्षाको अनुभूति हुनुका साथै टोलीले त्यहाँको भौगोलिक अवस्थाका बारेमा पनि जानकारी पाउने उहाँले बताउनुभयो । जिल्लाका सबै क्षेत्रमा नियमित गस्ती परिचालन गरिने प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो । उज्यालो
March 2, 2022 5:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव