दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्ताे छ निर्वाचन आयाेगकाे ६० बुँदे निर्देशन
काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले आज मङ्गलवार राजनीतिक दलहरूलाई बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले के–के गर्न नहुने भन्नेबारेमा ६० बुँदे निर्देशन दिएको हो । आयाेगले आज नै दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकाे थियाे ।
निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनअनुसार बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले अवरोध पुर्याउन नहुने आयोगको बुँदामा उल्लेख छ ।
यस्तै निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसकाे मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नहुने पनि आयाेगकाे बुँदामा उल्लेख छ । उज्यालो
April 6, 2022 7:07 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता