वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ६ सय ७ जना पुग्यो
काठमाण्डाै – यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि अनमुति लिने आरोहीको सङ्ख्या ६ सय सात जना पुगेको छ । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय सात जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
गएको वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए । यसपालि अनुमति लिएकामध्ये चार सय ७४ जना पुरुष र एक सय ३३ जना महिला रहेका छन् ।
वसन्त ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय २५ जनाले अनुमति लिएका छन् । यस्तै कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा ६४ देशका आरोही रहेका छन् । सबैभन्दा धेरै अमेरिकाका एक सय चार जना छन् । युद्धग्रस्त देश युत्रेनबाट यस वर्ष कुनै पनि आरोही आएनन् भने युक्रेनमा आक्रमण गरिरहेको देश रुसबाट १७ जना आरोही आएका छन् । आरोहीबाट सरकारले रोयल्टी वापत ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएका हुन् ।
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । मर्दी हिमालमा पदयात्राका लागि मात्रै पनि दैनिक सय जनाभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ । उज्यालो
April 13, 2022 3:34 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता