वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ६ सय ७ जना पुग्यो
काठमाण्डाै – यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि अनमुति लिने आरोहीको सङ्ख्या ६ सय सात जना पुगेको छ । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय सात जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
गएको वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए । यसपालि अनुमति लिएकामध्ये चार सय ७४ जना पुरुष र एक सय ३३ जना महिला रहेका छन् ।
वसन्त ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय २५ जनाले अनुमति लिएका छन् । यस्तै कञ्चनजङ्घाका लागि ६७ र आमाडब्लम हिमाल आरोहणका लागि ६५ जनाले अनुमति लिएका छन् । अनुमति लिनेहरूमा ६४ देशका आरोही रहेका छन् । सबैभन्दा धेरै अमेरिकाका एक सय चार जना छन् । युद्धग्रस्त देश युत्रेनबाट यस वर्ष कुनै पनि आरोही आएनन् भने युक्रेनमा आक्रमण गरिरहेको देश रुसबाट १७ जना आरोही आएका छन् । आरोहीबाट सरकारले रोयल्टी वापत ३३ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
यसैबीच गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित भएका हुन् ।
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । मर्दी हिमालमा पदयात्राका लागि मात्रै पनि दैनिक सय जनाभन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ । उज्यालो
April 13, 2022 3:34 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन