युक्रेनको ल्भिभ सहरमा ५ ‘शक्तिशाली’ मिसाइल आक्रमण
युक्रेनको पश्चिमी सहर ल्भिभमा आज साेमवार बिहान पाँच वटा शक्तिशाली मिसाइल आक्रमण हुँदा सात जनाकाे ज्यान गएकाे र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।
ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँच वटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन । घाइतेको सङ्ख्या आठ पुगेको छ भने ज्यान गुमाउनेकाे सङ्ख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।
रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ सहरमा आएका थिए । खार्किभ, किभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए ।
मार्च १३ मा पश्चिमी युक्रेनी सहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस सहरमा एक्कासी आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो ।
गएकाे फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतका लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । त्यस आक्रमणपछि रुसले अहिले अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । उज्यालो
April 19, 2022 6:38 am | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी