

दाङमा मेयरसहित ८२ जना जनप्रतिनिधिले दिए राजीनामा

दाङ – वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिन दाङमा मेयरसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आसन्न पालिका चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले पालिकाको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय सदस्य गरी शुक्रवारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
घोराहीमा नगरप्रमुख नरूलाल चौधरीले बिहीवार नै राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवारसम्म घोराहीमा अरू थप दुईजना वडा सदस्यले राजीनामा दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ र १७ का वडा सदस्यले आउँदाे नेतृत्वका लागि उम्मेदवारी दिन राजीनामा दिएका छन् ।
यस्तै तुलसीपुरमा शुक्रवारसम्म १० वडा अध्यक्ष र १५ सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयाे । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ५, ९, १०, १५, १६, १७ र १८ नम्बर वडाका अध्यक्षले हिजाे राजीनामा बुझाएका अधिकृत पौडेलले बताउनुभयो ।
तुलसीपुर–२ का वडा अध्यक्ष राजु आचार्य, वडा नम्बर ३ का अध्यक्ष विजय विक, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्बर १० का अध्यक्ष कुमार लामिछाने, वडा नम्बर १५ अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १६ का अध्यक्ष भूपबहादुर केसी, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी र १८ का अध्यक्ष माधव वलीले शुक्रवार राजीनामा बुझाएका प्रमुख प्रशासकीय अधिकृत पौडलले जानकारी दिनुभयो ।
त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनुभयो । गढवाका वडा अध्यक्ष र सदस्य गरी १९ जना, राप्ती गाउँपालिकाका १८, दङ्गीशरणका ३, शान्तिनगरका १, बबईका ४ र बङ्गलाचुलीका ६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बबई गाउँपालिकाका तीन जना वडा सदस्य र एकजना जिल्ला समन्वय समितिका सदस्यले राजीनामा दिएका प्रमुख प्रशासकीय अधिकृत भिष्मराज मल्लले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगर–पालिका वडा नं ५ का सदस्य सुरेश कुमार श्रेष्ठले वडा अध्यक्षमा उम्मेदवारी दिन सदस्यबाट राजीनामा दिनुभएकाे छ । शुक्रवारसम्म राजपुर गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले राजीनामा नदिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो।
यस्तै बबई गाउँपालिका वडा नम्बर ७ का तीन जना सदस्य देवी विक, लालबहादुर विक र रूपा रानाले हिजाे राजीनामा बुझाएका अधिकृत मल्लले जानकारी दिनुभयाे। यस्तै जिल्ला समन्वय समितिका सदस्य जुद्धबहादुर बस्नेतले पनि आउँदाे नेतृत्वका लागि उम्मेदवारी दिन हिजाे राजीनामा बुझाएका छन् । उज्यालो
April 23, 2022 3:02 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

