आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डाै – आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ । यसको प्रभाव कायमै रहेकाले हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ। अहिले पनि प्रदेश-एक, मधेस प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रि-मनसुनमा छिनछिनमै मौसम परिवर्तन हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । हिजो बेलुकाको हावाहुरीका कारण चितवनमा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
हिजो र अस्ति काठमाण्डौ उपत्यकामा पनि हावाहुरी चलेको थियो । उज्यालो
May 21, 2022 9:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।