दूतावास कुवेत र एनआरएनद्वारा संयुक्तरुपमा राष्ट्रिय फुटबल टोलीलाई दिवा भाेज तथा परिचयात्मक कार्यक्रम
कुवेत – नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलिसंगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले आयोजना गरेको दिवा भाेज कार्यक्रम संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने, स्वागत मन्तब्य गैरआवासीय नेपाली संघका अध्यक्ष रणध्वज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए।
नेपाली दूतावास कुवेतका माहमहिम दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्ने खेलाडीलाई शुभकामना दिए।
दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल टीम तथा अब्दुल्ला अल मुताइरीकाे उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबासका कर्मचारीहरु, गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति थियो। साभार हिमाली संचार
June 11, 2022 1:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।