

हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्ने

हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि उडानको बारेमा जानकारी गराउदै आपसी छलफल समेत गरेको छ । कुवेत स्थित TVS ग्रुपले हिमालयन एयर्लाइन्ससँग सहकार्य गरेको छ ।
बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वाजाबाहक विमान हिमालयनले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि अझ सहज बन्ने भएको छ ।
हुनत पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ । जजिराले काठमान्डौ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम बुद्द अन्तरास्ट्रिय विमानस्थलमा समेत साता ३ दिन उडान भर्दै आएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

