श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति निवासमा आक्रमण गरे, आर्थिक संकट यताकै ठूलो प्रदर्शन
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन् । देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गरेर हजारौँ प्रदर्शनकारीले आज कोलम्बोका सडक कब्जा गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इँटा प्रहार गरेका छन् । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनीहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मूख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पेट्रोल र डिजलको चरम अभावका बीच पनि देशका विभिन्न ठाउँबाट ट्रक र बस चढेर हजारौँ प्रदर्शनकारी राजधानी कोलम्बो पुगेका छन् । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।उज्यालो
July 9, 2022 5:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव