इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो
4 years अगाडी
manoj Thapa
इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गएको छ । राजधानी कायरोमा रहेको अबु सिफाइन चर्चमा भएको आगलागीमा परि ४१ जनाको ज्यान गएको चर्चका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।
आगलागीकाे कारणबारे थाहा भएको छैन । अहिले आगाे निभिसकेकाे छ । आगलागीको घटनापछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागी नियन्त्रण, उद्धार, उपचार तथा राहतका लागि राज्य संयन्त्र परिचालन गरेको आफ्नो फेसबुक पेजमार्फत बताउनुभएको छ ।
इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका ठूला घटना भएका छन् । सन् २०२१ को मार्चमा कायरोको पूर्वी उपनगरमा रहेको कपडा कारखानामा भएको आगलागीमा कम्तीमा २० जनाको ज्यान गएको थियो । यस्तै सन् २०२० मा दुई वटा अस्पतालमा भएको आगलागीमा १४ जना कोरोना सङ्क्रमितको ज्यान गएको थियो । उज्यालो
August 15, 2022 12:48 am | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...