इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो
3 years अगाडी
manoj Thapa
इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गएको छ । राजधानी कायरोमा रहेको अबु सिफाइन चर्चमा भएको आगलागीमा परि ४१ जनाको ज्यान गएको चर्चका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।
आगलागीकाे कारणबारे थाहा भएको छैन । अहिले आगाे निभिसकेकाे छ । आगलागीको घटनापछि इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आगलागी नियन्त्रण, उद्धार, उपचार तथा राहतका लागि राज्य संयन्त्र परिचालन गरेको आफ्नो फेसबुक पेजमार्फत बताउनुभएको छ ।
इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका ठूला घटना भएका छन् । सन् २०२१ को मार्चमा कायरोको पूर्वी उपनगरमा रहेको कपडा कारखानामा भएको आगलागीमा कम्तीमा २० जनाको ज्यान गएको थियो । यस्तै सन् २०२० मा दुई वटा अस्पतालमा भएको आगलागीमा १४ जना कोरोना सङ्क्रमितको ज्यान गएको थियो । उज्यालो
August 15, 2022 12:48 am | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...