आज २ सय ८४ वटा फाेहरका गाडी बञ्चरेडाँडा पुगे, अवराेध नभए केही दिनमै सबै फाेहर उठिसक्छ : मेयर साह
काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ ।
आज बिहीवार दुई सय ८४ वटा गाडी फोहर बाेकेर बञ्चरेडाँडा पुगेकाे काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभएकाे छ । यही अवस्था रहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने उहाँले बताउनुभएकाे छ ।
मेयर साहले फाेहर लैजान सहयाेग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायतलाई धन्यवाद पनि दिनुभएकाे छ । उज्यालो
सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।
हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।
हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले हाम्रो सचिवालय सदस्य सुनिल लम्साल ९८५११०१०६० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
