केन्यासँग नेपाल पराजित, २० ओभरमा ९४ रनमात्रै बनाउन सक्याे
काठमाण्डाै – केन्यासँगकाे चाैथाै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात रनले पराजित भएकाे छ । केन्याले दिएकाे एक सय दुई रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्याे ।
नेपालका लागि राेहित पाैडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।
यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
केन्याकाे याे जितसँगै पाँच खेलकाे शृङ्खलामा दुई–दुईकाे बराबरी भएकाे छ । अब पाँचाैँ तथा निर्णायक खेल भाेलि मङ्गलवार हुनेछ । उज्यालो
August 29, 2022 9:54 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)