केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे
काठमाण्डौ – केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ ।
पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।
भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाmेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए ।
यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृङ्खला नयाँ र युवा खेलाडीका लागि अनुभव सङ्गाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजनाअनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।
नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेशअनुसारको टोलीमा आबद्ध हुनेछन् । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भदौ २३ गतेदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुदैछ । उज्यालो
September 7, 2022 3:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)