

महारानी एलिजाबेथ : ७० वर्षसम्म शासनमा, दुईपटक नेपाल भ्रमण

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभयो । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ ।
चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियो ।
महारानी एलिजाबेथ द्वितीयको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् । एलिजाबेथ द्वितीयको लामो शासन कालमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र नागरिकप्रति जीवन अर्पण गर्ने प्रतिबद्धता झल्किएको विश्लेषकहरु बताउँछन् ।
शासनमा बेलायतको प्रभाव कम हुँदै गएको, समाज बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उहाँ धेरैका लागि एउटा स्थायी बिन्दु बन्न सफल हुनुभयो । अत्यन्तै कठिन घडीमा समेत राजतन्त्र कायमै राख्न हासिल गरेको सफलता अझ उल्लेखनीय छ । त्यसमाथि एजिलाबेथ जन्मेको बेला उहाँको भाग्य राजगद्दीसँग जोडिएला भनेर शायदै कसैले सोचेका थिए होलान् । उहाँ जोर्ज पाँचौँका दोस्रो छोरा अर्थात ड्युक अफ योर्क अल्बर्ट र पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुनुहुन्छ । उहाँको शिक्षादिक्षा घरमै भएको थियो । विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता राख्नुभयो र संवैधानिक इतिहासको विस्तृत अध्ययन गर्नुभएको थियो।
नेपाल सम्बन्ध
सन् १८१६ देखि बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेको छ । एलिजाबेथ पनि गोर्खा सेनाकै सुरक्षामा हुर्कनुभयो । बेलायतमा गोर्खा सेनालाई निकै महत्त्व दिने गरिन्छ । दोस्रो विश्वयुद्धपछि बेलायत साम्राज्यको धमाधम अन्त्य भयो । एलिजाबेथ सन् १९५२ मा महारानी बनेलगत्तै विभिन्न देशको भ्रमण थालनी भयो ।
नयाँ महारानी सन् १९५३ नोभेम्बरमा विभिन्न देशहरुको भ्रमणमा निस्कने बेलासम्ममा बेलायतको नियन्त्रणमा रहेका भारतसहितका धेरै देशले स्वतन्त्रता प्राप्त गरिसकेका थिए । एलिजाबेथ अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने पहिलो बहालवाला महारानी हुनुभयो ।
आफ्नो शासनकालमा उहाँले नेपालसहित विश्वका १ सय १७ देशको भ्रमण गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महारानी एलिजाबेथले सन् १९६० र १९८६ (विक्रम सम्वत् २०१८ र २०४४) मा नेपाल भ्रमण गर्नुभएको थियो । दुई देशबीचको उच्चस्तरीय भ्रमणको सुरुवात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १९५० को बेलायत भ्रमणदेखि सुरु भएको थियो । उज्यालो
September 9, 2022 1:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

