दार्चुलामा बाढी : १ जनाकाे ज्यान गयाे, ६ जना बेपत्ता
दार्चुला – दार्चुलामा शुक्रवार रातिदेखिकाे लगातारको वर्षापछि आएको बाढीका कारण एक जनाकाे ज्यान गएकाे छ । जिल्ला सदरमुकाम खलङ्गाकाे बंगाबाड क्षेत्रमा आएकाे बाढीका कारण एक जनाकाे ज्यान गएकाे र ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयाे ।
ज्यान गुमाउनेमा नाैगाड गाउँपालिकाका ३५ वर्षीय चिमणे ठगुन्ना रहेका छन् । यस्तै महाकाली नगरपालिका ३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । यस्तै नाैगाडकै कासी ठगुन्ना र रम्बा ठगुन्ना पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ती जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।
बाढीले दर्जनाैँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।
त्यस्तै महाकाली नगरपालिका ३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । शुक्रवार रातिदेखि परेको लगातारकाे वर्षाले दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि ती क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । उज्यालो
September 11, 2022 12:16 am | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ