

जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ ।
आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका बीबीसीले जनाएको छ । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ । हावाको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जलवायु निकायको भनाइ छ ।
जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । समुद्री आँधीसँग जुध्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ । तर जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंशकारी बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । उज्यालो
September 18, 2022 10:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

