४ वर्षदेखि घाटामा रहेकाे हेटाैँडा सिमेन्ट उद्याेगकाे उत्पादन १ महिनादेखि बन्द
मकवानपुर – सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन अहिले बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको याे उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइला अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।
कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरिदका लागि टेन्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उहाँले दशैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिनुभयो ।
एक पटक टेन्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भइ आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।
दैनिक सात सय ५० मेट्रिक टन र वार्षिक दुई लाख ६० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि अहिले उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात् झन्डै चारदेखि पाँच सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ ।
उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको याे उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ । आव २०७५/०७६ मा उधोगले एक करोड पाँच लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/०७७ मा २३ करोड ८२ लाख, २०७७/०७८ मा १७ करोड चार लाख रुपैयाँ उद्योगलाई घाटा भएको थियो । गएकाे आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आम्दानी गरेर एक अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।
कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो । उहाँले उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताउनुभयो । उज्यालो
September 26, 2022 1:03 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता