प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता, खोला तर्न नसक्दा उद्धार टोली बाटैमा रोकियो
प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन वटा घरका परिवारलाई अन्यत्र सारिएको छ ।
पहिरो आउन थालेपछि घरका सामान ओसार्ने क्रममा बमबहादुरका परिवारलाई पहिरोले पुरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उज्यालोलाई जानकारी दिनुभयो । पहिरोले सडक बन्द भएको र खोला बढेका कारण ६ घण्टासम्म पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन ।
उद्धार टाेली आज घटनास्थलमा पुग्न सक्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । उज्यालो
October 7, 2022 6:36 pm | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता