गाडी, जाँड–रक्सी, माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे
काठमाण्डाै – सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ ।
उद्योगी व्यवसायीहरूले प्रतिबन्ध खुलाउन दबाब दिइरहेका भए पनि आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्राध्यापक डा. गोविन्द केसीसँग गएको असाेज ८ गते भएको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय पनि गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्य अवधि समाप्त मिति आउँदो कात्तिक ११ गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने, विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्ब शुल्क र जरिबानाबापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिनेलगायतका निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उज्यालो
October 14, 2022 4:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव