कालीकाेट : पहिराेमा बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटियाे
3 years अगाडी
manoj Thapa
कालीकोट – कालीकाेटकाे तिलागुफा-४ राँचुली गाउँमा गएकाे पहिराेमा परि बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटिएकाे छ । पहिराेमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेकाे हाे ।
उहाँकाे शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयाे । यही असाेज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १२ जनाकाे अवस्था थाहा हुन सकेको छैन ।
बाढी पहिरोमा परि कालीकोटमा सात जनाले ज्यान गुमाएका छन् भने अझै १६ जना बेपत्ता छन् । उज्यालो
October 15, 2022 3:04 pm | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
Loading...