मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबरमा फुटबल प्रतियोगिता हुने
कुवेत- फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको छ। मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुेक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उधेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिए।
प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्ट फर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने टिम दर्ताको लागि ३५ केडी. सुल्क सहित बिहिबार २० अक्टोबर २०२२ साझको ६:०० बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताए।
फुटबल खेलको प्रायोजक अल मुल्ला एक्सचेन्ज कुवेतले गरेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)