मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबरमा फुटबल प्रतियोगिता हुने
कुवेत- फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको छ। मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुेक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उधेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिए।
प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्ट फर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने टिम दर्ताको लागि ३५ केडी. सुल्क सहित बिहिबार २० अक्टोबर २०२२ साझको ६:०० बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताए।
फुटबल खेलको प्रायोजक अल मुल्ला एक्सचेन्ज कुवेतले गरेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप