व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ नाघ्याे
काठमाण्डाै – चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ नाघेकाे छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको गएकाे असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ ।
यस अवधिमा देशको व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ ।
आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालु आवको तीन महिनामा व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गएकाे आवमा पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकाेमा यस आवको तीन महिनामा चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
गएकाे आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकाेमा चालु आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आइ चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।
यस्तै गएकाे आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकाेमा चालु आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । उज्यालो
October 30, 2022 5:11 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।