५ दिनसम्म घटेको शेयर बजार आज २१ अङ्कले बढ्यो, ९४ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।
नेप्से सूचक बढेकाे दिन दुई सय २६ वटा कम्पनीकाे २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशत, सप्तकोसी विकास बैंकको साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रो र रिभर फल्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डकाे शेयर साढे ६ प्रतिशत र ङादी ग्रुप पावरको शेयर पाँच प्रतिशतले घटेको छ । उज्यालो
November 14, 2022 5:06 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
