३ महिनामा विदेशीले नेपालमा साढे ११ अर्ब खर्चिँदा नेपालीले विदेशमा २६ अर्ब रुपैयाँ खर्च गरे
काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत पछिल्लो तीन महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय एक सय १० प्रतिशतले वृद्धि भइ ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा भ्रमण आय जम्मा पाँच अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको थियो ।
यस्तै साउन, भदौ र असोजमा सेवा खाताअन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च अर्थात् व्यय ६२ दशमलव ३ प्रतिशतले वृद्धि भइ २६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । नेपालीले वैदेशिक शिक्षाका लागि मात्रै तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तीन महिनामा भ्रमण व्यय १६ अर्ब चार करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको खर्च जम्मा आठ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । उज्यालो
November 17, 2022 3:53 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
