अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयाे
अछाम – अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका – ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।
उहाँलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुकाे आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ । उज्यालो
December 3, 2022 7:56 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता