अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयाे
अछाम – अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका – ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।
उहाँलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुकाे आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ । उज्यालो
December 3, 2022 7:56 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो