विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्यो
काठमाण्डाै – पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ ले काम सुरु गरेको छ ।
जाँच आयोगले आज साेमवारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ‘ब्ल्याक बक्स’ आयोगलाई बुझाइसकिएको छ । ‘ब्ल्याक बक्स’ विमान दुर्घटनाकाे कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ‘ब्ल्याक बक्स’ मा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
सरकारले आइतवार दुर्घटनामा परेको यति एअरलाइन्सको विमानको दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाश प्राप्त उपरथी) र सुनिल थापा (अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।
दुर्घटनाकाे कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।
आयोगले दुर्घटनाकाे कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । उज्यालो
January 16, 2023 5:59 pm | टप,दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता