विश्वकपः इतिहास रच्दै क्रोयसिया फाइनलमा प्रवेश, इंग्ल्याण्ड आउट
काठमाडौँ, २८ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको सेमिफाइनल खेलमा विश्वकप दाबेदार मानिएको इंग्ल्याण्डलाई क्रोयसियाले पराजित गर्दै पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ ।एक गोलको अग्रता जोगाउन नसकेको इंग्ल्याण्ड क्रोयसियासँग २-१ गोलले पराजित भएको हो ।यसअघि सन् १९९८ मा भएको विश्वकपमा क्रोयसियाले सेमिफाइलनसम्मको यात्रामात्र तय गरेको थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित हुदैँ क्रोयसिया बाहिरिएको थियो ।
तर, यसपटक भने इतिहास रच्दै क्रोयसिया विश्वकपको फाइनलसम्म पुग्न सफल भएको छ ।खेलमा इंग्ल्याण्डले अग्रता लिएको थियो जसका लागि ट्रिपरले गोल गरेका थिए । तर, दोस्रो हाफमा क्रोयसिया नतिजा उल्टाउन सफल भएको थियो ।खेलको ६८ औ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औ मिनेटमा मारियो मण्डजुकिकले सानदार गोल गर्दै क्रोसियालाई अग्रता दिलाए ।
इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके । जारी विश्वकपका सर्वाधिक गोलकर्ता ह्यारी केनले क्रोयसियाविरुद्ध खासै केही गर्न सकेनन् । क्रोयसियाको डिफेन्सले उनलाई रोक्न सफल भयो । अब क्रोयसियाले फाइनलमा फ्रान्सको सामना गर्नेछ ।
July 12, 2018 10:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)