टर्की भूकम्प : १७ सय जनाभन्दा धेरैकाे ज्यान गयाे
टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ । अहिलेसम्म भूकम्पको केन्द्रविन्दु रहेको टर्कीमा एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको सीएनएनले जनाएको छ ।
टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएकाे छ । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ ।
टर्कीले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । यसैबीच अमेरिकाले विपद्का विवरणबाट आफू चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायत र रोमानियाका खोजी तथा उद्धारकर्ताहरू उद्धार कार्यमा सघाउन निस्किसकेका छन् । फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने बताएका छन् ।
टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । उज्यालो
February 7, 2023 2:14 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :