रातिसम्म पनि साम्य भएन नयाँ बसपार्कको तनाव, पैदल यात्रु त्रासमा
काठमाण्डाै – यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज साेमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए ।
आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न पाएनन् । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पटक–पटक झडप भएको छ । झडपमा प्रहरीले अशृ ग्यास र लाठीचार्ज गरेको छ भने यातायात मजदुरले ढुङ्गा हानेका छन् । प्रदर्शनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोस्टसमेत भत्काएका छन् ।
रातिसम्म पनि नयाँ बसपार्क क्षेत्रको अवस्था सामान्य हुन सकेको छैन । प्रदर्शनकारी र प्रहरीको कुटाइ खाने डरले सर्वसाधारण हिँडडुल गर्नसमेत डराइरहेका छन् । एकातिर गाडी नपाउने र अर्कोतिर पैदल हिँड्दासमेत त्रास भएकाे उनीहरूको गुनासो छ ।
यसैबीच यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । उज्यालो
February 14, 2023 3:28 am | राजनीति,रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो