नामिबियासँगको दोस्रो खेलमा पनि नेपालको सानदार जित, ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारी
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो ।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए ।
यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए ।
यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ ।
यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो ।
यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । नामिबिया ३३ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ ।
सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उज्यालो
February 18, 2023 6:00 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)