अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखालाई
कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला ‘अल मुजैनी कप’ भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।
त्यसैगरी प्रतियोगितामा दोश्रो उपाधि कल्याणकारी नेपाली समाज कुवेत र तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।
अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद ७५/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
कुवेतमा कृयाशिल नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो । साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो ।
February 26, 2023 2:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर