कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ (भिडियो सहित)
कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो पुष्कल शर्माको युट्युबबाट सार्वजनिक गरिएको छ । गायक सुन्दर परियारले कुवेतमा कार्यरत रहेर पनि असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो सहित सार्वजनिक गरेका हुन ।
उक्त गीतमा चर्चित गायक तथा गायिका पुष्कल शर्मा र शान्ती श्री परियारको सुमधुर आवाजमा रहेको गीतको शब्द र संगीत गायक सुन्दर परियारको रहेको छ ।
दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ मा शब्द लेखेका छन । ‘भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिका लाई ब्रेनट्युमर भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ ।
कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन । उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो ७३ हजार भन्दा बढीले हेरिसकेका छ्न ।
March 4, 2023 12:40 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने