प्युठानमा जेसिबी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु
प्युठान। प्युठानको माण्डवि गाउपालिका -५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती -२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका राम बहादुर थापा(गोपाल) रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती -२ कि वसन्ता भुसाल आचार्य घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङ तर्फ आउदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी -२ रानिबगरमा आयोजना भएको वडा स्तरिय कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो। दुर्घटनापछी कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटिका सचिबालय सदस्य जागेश्वर पोख्रेलले जानकारी दिनुभयो। कामना दैनिक
March 4, 2023 1:37 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक