भलिबलकी उषा भण्डारीलाई ‘पिपल्स च्वाइस अवार्ड
काठमाण्डाै – नेपाली महिला राष्ट्रिय भलिबल टाेलीकी सदस्य उषा भण्डारीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छिन् ।
मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर भण्डारीलाई पिपल्स च्वाइस अवार्ड दिएकाे हाे । उषाले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
पिपल्स च्वाइस विधाका लागि ई–सेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेल पत्रकारको मतभार १२ दशमलव ५ प्रतिशत रहेको थियो ।
उषाले नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा टोलीले रजत जित्दा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उज्यालो
March 7, 2023 9:07 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)