झरना हेर्न गएका एक पर्यटकको डुबेर ज्यान गयाे
रोल्पा – रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर ज्यान गएको हो । चन्द्राका श्रीमान् उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।
‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, त्यही क्रममा ज्यान गएको रहेछ’, इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम सारुमगरले भन्नुभयो ।
नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दुरीमा छ ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उज्यालो
May 15, 2023 5:48 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ