सुनकाेसीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै भेटिएनन्, गाेताखाेर टाेली पानीमुनि जानै सकेनन्
काठमाण्डाै – अस्ति शुक्रवार सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जना आज आइतवारसम्म पनि भेटिएका छैनन् ।
सशस्त्र प्रहरी, नेपाली सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानकाे टोलीले खोजी गरिरहेको भए पनि जीप तथा जीपमा रहेका तीन जनाको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो । जीप खसेको ठाउँमा पानीको बहाब तीव्र रहेकोले गोताखोरको टोली पानीमुनि जानै नसकेको उहाँले बताउनुभयो । ‘खोजी गर्ने टोली पानीमा हाम फाल्दा एकै पटक पारि पुर्याइदिन्छ, त्यसैले पानीको बहाब घटाउने काम भइरहेको छ’, एसपी सिलवालले भन्नुभयाे ।
पानीको बहाव घटाउनका लागि हिजो शनिवारदेखि तीन वटा एक्स्काभेटर प्रयोग भएको छ । आज रातिसम्म आधा पानी अन्यत्र फर्काउन सकेमा खोजी गर्न सकिने आशा गरिएको र अहिलेकै अवस्थामा भने खोजी गर्न नसकिने उहाँले बताउनुभयो ।
भक्तपुरबाट खोटाङका लागि छुटेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रवार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना भई सुनकोसी नदीमा खसेकाे थियाे । जीप नदीमा खस्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरू कृष्ण केसी र यमप्रसाद भुर्त्तेल तथा विद्युत् प्राविधिक अधिकृत भानु पौडेल हराइरहनुभएको छ । जीप चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको छ । उज्यालो
June 5, 2023 1:05 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ