कुवेत छोड्नुअघि अब विदेशी नागरिकले यी बिल अनिवार्य तिर्नु पर्ने
काठमाण्डौ – तपाईँ कुवेतबाट घर फर्किँदै हुनुहुन्छ ? यदि फर्कँदै हुनुहुन्छ भने त्यहाँ रहँदा आफूले विभिन्न खालको सेवा लिएबापत तिर्नु पर्ने विभिन्न शुल्कहरू तिरेर मात्र फर्कन पाइने भएको छ ।
कुनै पनि विदेश नागरिकले कुवेतले छाड्नुअघि त्यहाँ रहँदा विभिन्न खालका सेवा सुविधा लिँदा तिर्नु पर्ने सबै खाले बिल तिर्नु पर्ने व्यवस्था गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेको भएमा त्यसबापत तिर्न पर्ने जरिवाना, बत्तीको बिल, टेलिफोनको बिल लगायत त्यहाँको न्याय मन्त्रालयबाट सेवा लिए बापत तिर्न पर्ने कुनै शुल्क बाँकी भएको त्यो पनि तिर्न पर्ने कुवेतमा स्थानीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
हवाई मार्ग, स्थल मार्ग र सामुद्रिकमार्फत हुँदै कुवेत छाड्नेहरूले तिर्न पर्ने कुनै रकम बाँकी भएमा त्यहाँको सरकारी सिस्टममा नै देखिने छ ।
विभिन्न मन्त्रालयहरूले आफ्नो सिस्टमहरूबीच एक आपसमा सूचना आदान प्रदान गर्ने र कुनै श्रमिकले देश छाड्दै छ भने उसको सम्पूर्ण विवरण तत्काल थाहा पाउने व्यवस्था गरेका छन् ।
रकम तिर्न बाँकी रहेका विदेशी नागरिकहरूलाई पैसा नतिरेसम्म स्वदेश फर्कन नदिइने कुवेतले जनाएको छ ।
यस्तो विल जुन मन्त्रालयको तिर्न पर्ने हो त्यही मन्त्रालयको अनलाइनमार्फत नै तिर्न सकिन्छ । यो नियम कार्यान्वयनमा आइसकेको छ । उज्यालो
September 7, 2023 5:35 pm | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ