१ रुपैयाँमा भीभो ब्राण्डका स्मार्टफोन किन्न पाईने, थप १ वर्षको वारेन्टी सुविधा
काठमाडौं, २९ असार । १ रुपैंयामा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।काठमाडौं, न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु रु. १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरी मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।
सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।यस कम्पनीबाट रु.१ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
ईजी मोबाइल केयर प्रा.लि.ले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक रु.१ मा फोन दिने अफर ल्याएको हो । जसमा उपभोक्ताले नेपाली बजारमा उपलब्ध भीभोका कुनैपनि मोडलका स्मार्टफोन रु.१ किस्ताबन्दीमा किन्न सक्नेछन् ।ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मनपरेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।
‘हामीले यसअघि पनि सफलतासाथ सामसंग र ह्वावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु.१ मा बिक्री गरेर ग्राहकहरुलाई सन्तुष्ट पारिसकेका छौं, अहिले नेपालमा नै पहिलो पटक भीभो ब्राण्डका स्मार्टफोनहरुमा यो किस्ताबन्दी अफर ल्याएका हौं,’ अध्यक्ष पौडेलले भने ।यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको जनाएको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।
July 13, 2018 1:23 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा