विभागको अनलाइन प्रणालीमा समस्या, रोकियो वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम
काठमाण्डौ – वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तालिम रोकिएको छ ।
गएको आइतबार अर्थात् कार्तिक पाँच गतेदेखि नै अभिमुखीकरण तालिम दिने संस्थाहरू र वैदेशिक रोजगार कार्यालयहरूले प्रयोग गर्ने बायोमेट्रिक ‘डेक्सटप एप्लिकेसन’मा समस्या आएपछि श्रमिकहरूको बायोमेट्रिकसँगै अभिमुखीकरण तालिम रोकिएको हो ।
‘अष्टमीको दिनदेखि नै फेमिस प्रणालीमा समस्या आएको हो, चाडबाडको बेला भएकाले त्यसै भयो’ अभिमुखीकरण तालिम व्यवसायी महासङ्घका अध्यक्ष रामराजा गौतमले भन्नुभयो ‘फूलपातीको दिन अभिमुखीकरण तालिम लिएकाहरूको पनि बायोमेट्रिक भएन ।’
बिदापछि कार्यालय खुलेसँगै शुक्रवार र आज आइतवार अभिमुखीकरण तालिम लिन आएका श्रमिकहरूलाई तालिम प्रदायकहरूले फर्काएका छन् ।
अभिमुखीकरण तालिम दिने संस्थाहरू र वैदेशिक रोजगार कार्यालयहरूले प्रयोग गर्ने बायोमेट्रिक डेक्सटप एप्लिकेसन समस्या आएपछि श्रमिकहरूको बायोमेट्रिक लिन काम अवरुद्ध भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पहिलो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्छ र यो तालिम लिँदा नै औँठा छापा (बायोमेट्रिक) र आँखाको स्क्यान पनि गरिन्छ ।
तर वैदेशिक रोजगार कार्यालयहरू र अभिमुखीकरण संस्थाहरूले प्रयोग गर्ने सिस्टममै समस्या आएपछि अभिमुखीकरण तालिम नै रोकिएको हो ।
पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरूले अभिमुखीकरण तालिम लिएको प्रमाणका रूपमा सिस्टममा निलो टिक लागेको हुनुपर्छ । निलो टिक नलागेसम्म श्रम स्वीकृतिको प्रक्रिया नै अघि बढ्दैन ।
नयाँ श्रम स्वीकृति लिनेको मात्र होइन पुनः श्रम स्वीकृति लिनेहरूको पनि यदि बायोमेट्रिक छैन भने श्रम स्वीकृति प्राप्त हुँदैन ।
सिस्टममा देखिएको समस्या समाधानका लागि प्राविधिक टिमले काम गरिरहेको र जतिसक्दो चाँडो समस्या समाधान गर्ने विभागले बताएको छ । उज्यालो
October 29, 2023 7:33 pm | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता