विश्वकप फुटबल : उपाधि फ्रान्सले जित्यो, तर विश्वको मन क्रोएसियाले
एजेन्सी । रुसमा सम्पन्न विश्वकप फुटबलमा क्रोएसिया च्याम्पियन बन्न नसकेपनि दोस्रो स्थानको उपाधि भने हात पार्न सफल भयो । च्याम्पियन बन्न नसकेपनि विश्वको मन भने क्रोएसियाका खेलाडी र त्यहाँकी राष्ट्रपति कोलीन्डा ग्राबर किटारोभीचले नै जिते।
फाइनलमा पराजित भएपनि क्रोएसियाकी राष्ट्रपति कोलीन्डाका प्रत्येक गतिविधिको यतिबेला चौतर्फी चर्चा भएको छ। विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएपछि उनले आफ्ना प्रत्येक खेलाडीलाई अँगालो हालेर सान्त्वता दिइएकी थिइन्।

खेल सकिन वित्तिकै परेको पानीमा भिज्दै पुरस्कार समारोहका लागि मैदानमा प्रवेश गरेकी राष्ट्रपति कोलीन्डाले खेलाडीको आँसु पुछ्दै सान्त्वना दिदा उनीको चौतर्फी चर्चामा भएको हो। उक्त क्षेणका कारण विश्वले उनलाई वाहवाही गरिरहेको छ। आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छाता ओढेर मैदानमा प्रवेश गर्दा क्रोएसियाकी राष्ट्रपतिले भने पानीको वास्तै नगरी मैदानमा छिरेर आफ्ना खेलाडीलाई सान्त्वता दिएकी थिइन्।
.jpg)
भिज्दै मैदानमा छिरेकी क्रोएसियाकी राष्ट्रपतिलाई भने छाताको व्यवस्ता गरिएको थिएन्। तर सँगै भएका रुसी राष्ट्रपति पुटिनलाई भने छाता ओढाइएको थियो।

सेसिफाइनल खेल बाहेक प्रत्येक खेल हेरेकी राष्ट्रपति कोलीन्डा आफ्नो टिमले जित्दा खुसीले उफ्रिएकी थिइन्। क्रोएसियालाई फाइनलसम्म पुर्याउका लागि उनी भिआइपी क्षेत्र नाघेर खेलाडीको हौसला बढाउन स्टेडियममा बसेर खेल हेर्न समेत पछि परिन्।
आफ्ना खेलाडीलाई अन्तिम समयसम्म पनि उनले हौसला र सान्त्वना दिइरहिन्।
.jpg)
पुरस्कार वितरण समारोहका क्रममा कोलीन्डाले सबैभन्दा पहिला उदीयमान खेलाडी कीलीएन एम्बाप्पेलाई अंकमाल गरिन्। यसपछि पुरस्कार वितरण समाप्त नहुन्जेल प्रत्येक खेलाडीलाई अंकमाल गरेर आँसु पुछ्दै सान्त्वता दिइन्। जसरी ५० वर्षीया कोलीन्डाले आफनो टोलीका प्रत्येक खेलाडी र कोचलाई मायाका साथ अंकमाल गरिन् त्यसरी नै फ्रान्सका खेलाडीलाई पनि अंकमाल गर्दै बधाई दिएर थप हौसला प्रदान गरिन्।
.jpg)
विश्वकप नजिते पनि कोलीन्डाले ट्रफी चुम्न भने भुलिनन्। उनले जानेबेला विश्वकप ट्रफी उचालेर चुम्बन गरिन्। फेरि माकरोनलाई अंकमाल गरिन र जितको बधाई दिइन। उनको यो व्यवहारले विश्वका सबै सामाजिक संजालमा पनि सुपरहिट भइन् भने छाता ओढेर भिजेकी राष्ट्रपतिलाई हेरिरहेका आयोजक राष्ट्रका राष्ट्रपति भने विवादमा तानिए।

राष्ट्रपतिको हौसला र खेलाडीको आत्मविश्वासका कारण पहिलो पटक फाइनलसम्म पुगेको क्रोएसियाले उपाधि नजिते पनि करोडौं फुटबल प्रेमीको मन भने जित्न सफल भयो ।
.jpg)
.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)