Monday 29th December 2025

बहराइनमा जुन १५ तारिख ‘खोजौँ प्रतिभा’ सांगीतिक साँझ हुने 

8 years अगाडी

बहराइन – बहराइनमा जुन १५ तारिख सांगीतिक साँझ हुने भएको छ  । कोरी बाटी डट कमको आयोजनामा बहराइनका स्थानिय कलाकार हरुका साथ सांगीतिक साँझ ‘खोजौँ प्रतिभा’ नामक गायन, नृत्य र डिजे कार्यक्रम हुने भएको हो ।

प्रवासमा खोजी नेपाली प्रतिभाको मुलनारा सहित प्रवासमा लुकेका प्रतिभालाई प्रष्फुटित गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको कोरीबाटी डटकमका सुबाश राईले नेपाल दृष्टिलाई बताए । उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था र यातयातको व्यवस्थापनगरिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकोले  उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन र बहराइनका सकृय संघ-संस्थाहरु, बुद्धिजीवी, समाजसेवी कलाकार, खेलाडी, एवं पत्रकार तथा नेपाली दाजुभाइ-दिदी-बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थिति जनाउदै भव्यरुपले सफल बनाइदिनु हुन पनि यसै अनलाइन मार्फत आयोजक टिमले आग्रह गरेको छ ।

कार्यक्रम बिवरण –

मिति:- जुन १५ तारिख शुक्रबार २०१८

स्थान:- इन्द्रेणी फेमली रेष्टुरेन्ट हुरा

समय:- दिनको ठिक १ बजे

          June 7, 2018 5:32 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...