रोनाल्डोले होटलका कर्मचारीहरुलाई दिए २० हजार युरो टिप्स
काठमाडौँ, ६ साउन । विश्वकै स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बिदा मनाइरहेका छन् । हालै प्रकाशित एक समाचार अनुसार एक ग्रिक होटलका कर्मचारीहरुलाई रोनाल्डोले २२ हजार युरो टिप्स दिएका छन् ।
दानी स्वभावका रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका छन् । उनले आफु बसेको एक होटलका कर्मचारीहरुलाई यति ठुलो टिप्स दिएका हुन् ।
ती कर्मचारीहरुले रोनाल्डोलाई आवश्यक पर्ने सबै सुविधा दिएका थिए भने पापाराजीबाट समेत बचाएका थिए । उनले १० जना कर्मचारीलाई दुईदुई हजारका दरले टिप्स दिएका हुन् ।
उनले द रोयल मेथोनी भिल्लामा परिवारसहित १० दिन बिताएका थिए ।यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डो कर छलीमा हुनसक्ने सम्भावित जेल सजायबाट बच्न स्पेन छोडेको समाचारहरु भाइरल भइरहेको छ । उनलाई युभेन्ट्सले १०० मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्ध गरेको हो ।
July 22, 2018 10:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)