रोनाल्डोले होटलका कर्मचारीहरुलाई दिए २० हजार युरो टिप्स
काठमाडौँ, ६ साउन । विश्वकै स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बिदा मनाइरहेका छन् । हालै प्रकाशित एक समाचार अनुसार एक ग्रिक होटलका कर्मचारीहरुलाई रोनाल्डोले २२ हजार युरो टिप्स दिएका छन् ।
दानी स्वभावका रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका छन् । उनले आफु बसेको एक होटलका कर्मचारीहरुलाई यति ठुलो टिप्स दिएका हुन् ।
ती कर्मचारीहरुले रोनाल्डोलाई आवश्यक पर्ने सबै सुविधा दिएका थिए भने पापाराजीबाट समेत बचाएका थिए । उनले १० जना कर्मचारीलाई दुईदुई हजारका दरले टिप्स दिएका हुन् ।
उनले द रोयल मेथोनी भिल्लामा परिवारसहित १० दिन बिताएका थिए ।यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डो कर छलीमा हुनसक्ने सम्भावित जेल सजायबाट बच्न स्पेन छोडेको समाचारहरु भाइरल भइरहेको छ । उनलाई युभेन्ट्सले १०० मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्ध गरेको हो ।
July 22, 2018 10:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :