रसियामा सम्पन्न विश्वकपमा पाभार्डको गोल ‘उत्कृष्ट गोल’ घोषित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० साउन । कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै विश्वकप विजेता फ्रान्सका खेलाडी पाभार्डको गोल उत्कृष्ट चुनिएको छ ।
फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाभार्डको गोल रुस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको छ ।
विश्वकपमा ६४ खेलमा कुल १६९ गोल भएको थियो जसमा फिफाले फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो ।उनले अर्जेन्टिनाविरुद्धको खेलमा उक्त गोल गरेका थिए । अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गरेको थियो ।
July 26, 2018 11:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...